|

डडेल्धुरा : डडेल्धुरा सदरमुकामनजिकै करेन्ट लागेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका-४ हरडीका गणेश दमार्इंकी ४ वर्षीया छोरी वर्षा दमार्इंको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

अमरगढी नपरपालिका ४ तल्लो खलंगामा गरेका कैलाश फर्निचरमा खेलिरहेको अवस्थामा बिजुलीको तारलाई छुँदा बालिकालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन्।

करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई तत्कालै उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पुर्‍याइएको भए पनि उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.