|

डडेल्धुराः डडेल्धुरामा मलामी बोकेर फर्किंदै गरेको ट्रयाक्टर पल्टिँदा २३ जना घाइते भएका छन्। 

जिल्लाको अमरगढी नगरपालिका– ६ छचोडाबाट मलामी लिएर सेती नदीबाट फर्किने क्रममा आइतबार दिउँसो २ बजे गन्यापधुरा गाउँपालिका– ५ कोरालखोलमा पल्टिएको हो।

शवको सेती नदीमा दाहसंस्कार गरेर घर फर्किने क्रममा ट्र्याक्टरको ट्रली र अगाडिको भाग जोड्ने ठाउँमा भाँच्चिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाइतेहरूको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन्।

घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ। उक्त ट्र्याक्टरमा २६ जना सवार रहेको र चालक फरार रहेको नायव उपरीक्षक जोशीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.