|

काठमाडौं: एनआईसी एसिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झलकराज ढुंगेल नियुक्त भएका छन्।

कम्पनीको ३४औं संचालक समिति बैठकबाट ढुंगेल नियुक्त भएका हुन्। यसअघि अरनिको विकास बैंकमा सीईओ रहेका ढुंगेल विगत २३ वर्षदेखि वित्तीय क्षेत्रमा कार्यरत छन्।

उनले सेवाग्राहीको सहजताका लागि उच्चतम प्रविधि र उत्कृष्ट जनशक्ति काममा लगाउने बताएका छन्। गुणस्तरीय ग्राहकमुखी सेवा प्रदान गर्ने प्रतिवद्धता पनि ढुंगेलले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.