|

बर्दिया: बर्दियामा स्थानीय क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा खेल्ने क्रममा बेहोस भएका एक खेलाडीको मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिका– ५, वनवीरको चुरे जनजागृति युवा क्लवले आयोजना गरेको फुटबल प्रतियोगितामा खेल्ने क्रममा बेहोस भएका ठाकुरबाबा– ३, मिर्चैयाका १७ वर्षका नरेश थारूको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गर्मीका कारण खेल्ने क्रममा बेहोस भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.