|

झापा: विदेशी भूमिमा कार्यारत झापालीहरूको समूह अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा दिनेशकुमार पोखरेल सर्वसम्मत रूपमा चयन भएका छन्। बुधबार सम्पन्न समाजको प्रथम अधिवेशनबाट कनकाई– ७ का पोखरेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

उनी १२ वर्षदेखि अष्ट्रेलियामा कार्यरत छन्।

समाजको वरिष्ठ उपाध्यक्षमा हङकङमा कार्यरत दमकका छत्र सुब्बा चयन भए। यस्तै उपाध्यक्षहरूमा दीपकप्रसाद ओली, ललितकुमार न्यौपाने, रूपराज मैनाली, प्रमोद सिटौला, राजु सन्तोषी थापा र प्रेम कार्की रहेका छन्। महासचिवमा रोहितकुमार भण्डारी, सचिवमा भूपाल सिटौला र कोषाध्यक्षमा बालहरि राई चयन भएका समाजका वरिष्ठ उपाध्यक्ष छत्र सुब्बाले जानकारी दिए।

यस्तै, सदस्यहरूमा जगन्नाथ लुइँटेल, रोमिया लिम्बू, सावित्रा लुइँटेल घिमिरे र हेमकुमार लावती सर्वसम्मत चयन भएका छन्।

अधिवेशनमा विभिन्न १८ मुलुकमा बसोवास गर्ने १५० बढी झापालीको सहभागिता थियो। अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.