|
फाइल फोटो

काठमाडौँ: चिकित्सा शिक्षामा सुधारकाे माग राख्दै दुई सातादेखि अनशनरत डा. गाेविन्द केसीले आज (बुधबार) अनशन तोड्ने भएका छन्। आगामी मंसिर ६ गते बस्ने मन्त्रिपरिषदको बैठकले अध्यादेशमार्फत चिकित्सा शिक्षा विधेयक ल्याउने, सबै प्रदेशमा मेडिकल कलेज खोल्ने सहमति भएपछि आज साँझ ६ बजे पत्रकार सम्मेलन गरी सरकारपक्षसँग सहमतिपत्रमा हस्ताक्षर गरेर अनशन तोड्ने भएका हुन्।

डा. केसी यसअघि १२ पटक अनशन बसिसकेका छन्। पटक पटकका अनशन सरकारको आश्वासनपछि अनशन तोड्दै आएका डा. केसीको यो १३अौँ पटकको अनशन हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.