|

  • अर्जुन बोहरा

हुम्ला: हुम्लामा देउसी भैलो खेलेर उठेको पैसा द‍ृष्टिविहीन बालबालिकाको सुविधाको लागि भवन निर्माणमा गरिने भएको छ। जस अनुसार २०७४ सालको देउसी भैलो खेलेर उठेको ६ लाख पाँच हजार रुपैयाँले भवन निर्माणको लागि जग्गा खरिद गरिएको छ।

हिमाली शिक्षा र विकास (हेड नेपाल) हुम्लाले जिल्ला भरी छरिएर रहेका दृष्टिविहीन बालबालीकार  अपाङ्ग भएका ब्यक्तिहरुको विकासको लागि देउसी–भैलो कार्यक्रम २०७४ बाट संकलित आर्थिक विवरण सार्वजनिक गर्दै यो पैसाले जग्गा किनिएको जानकारी गराएको हो। आवसीय शैक्षिक केन्द्रहरु, हेड दृष्टि गृह र हेड सक्षम गृहमा हाल जम्मा ४५ जना शारीरिक र दृष्टि सम्बन्धी अपङ्गांता भएका विद्यार्थिहरुले जिल्ला सदरमुकाम सिमकोट बजारआसपासमा  देउसी भैँलो कार्यक्रम सञ्चालन गरेको थिए।

हेड नेपालमा आश्रित दुवै दृष्टि गुमाएकी कक्षा ८मा अध्ययनरत गौगरा बोहराले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकम आफुहरुको सुविधाको लागि भवन निर्माण हुनुले खुसी लागेको बताइन।  देउसी भैलो खेलेर जम्मा भएको रकमलाई फजुल खर्च गर्ने  गरेकोले यस पटक हेड नेपाल हुम्लाले सामाजिक सेवमामा खर्च  गरेको छ।

देउसी भैलो खेलेर जम्मा भएको रकम दृष्टि विहीन बालबालिकाको निर्माणको लागि जग्गा खरिद  गर्ने गरेकोले सबैले सहानुभुति देखाएको मानसरवर माविका शिक्षक रेशमराज रोकायाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.