|

चितवन : चितवनको भरतपुरस्थित एक होटलको कोठाबाट लागूऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। चितवनका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ९ को केन्द्रीय बस टर्मिनल नजिकैको होटल गोरखा प्यालेसको १०३ नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो।

यसरी पक्राउ पर्नेमा मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिका वडा नम्बर ४ बस्ने १८ वर्षका विराज मोक्तान र सोही ठाउँका १६ वर्षीय देवराज मोक्तान रहेका छन्। उनीहरुलाई सोमबार लागुऔषध मुद्धामा जिल्ला अदालत चितवनमा पेशगरी अनुसन्धानका लागि म्याद थप गरिएको ढकालले जानकारी दिए।

स्थानीयले दिएको सूचनाको आधारमा आइतबार राति उक्त होटलमा चेकजाँच गर्दा उनीहरुसँग रहेको दुई वटा झोलामा १२ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। पत्रिका र प्लाष्टिकले बेरेर टेपले बाँधेको अबस्थामा गाँजा फेला पारिएको थियो। सो गाँजा बरामद गरी लागुऔषध ओसारपसारमा संलग्न दुवै जना विरुद्ध अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.