|

चितवन : चितवनको रत्ननगरमा जारी पहिलो ‘पूर्वी चितवन महोत्सव’मा बुधबार ज्योति मगर स्टेज चढ्दा नै दर्शकको हुटिङ सुरु भयो। गायनसँगै कामुक नृत्य गर्ने कला भएकी ज्योति बोलीले समेत युवालाई लठ्ठै पार्छिन्।

उनले गाएका गीतमा दर्शक मजैले झुमे। ज्योतिले गाएको 'उही मुलाको सिन्की',  'जिम्वाल बाउकी छोरी', 'ओई ज्योति' लगायत गीतमा दर्शक ऊफ्री उफ्री नाचे।

यसअघि मनोज गजुरेल, सागर आले, सुजाता पाण्डे, दिनेश काफ्ले र विनिता शाहीलगायतले प्रस्तुति दिएका थिए। यस्तै दुलही श्रृंगार प्रतियोगिता र रत्यौती प्रतियोगिता आकर्षण बनेको छ। बिहीबारदेखि विद्यालयस्तरीय नृत्य प्रतियोगिता शुरु भएको छ।

रत्ननगर जेसीजको आयोजनामा शुरु महोत्सवमा बुधबारसम्म करिब ५० हजारले अवलोकन गरेको महोत्सव आयोजक समितिका संयोजक निरज श्रेष्ठले जानकारी दिए। झण्डै दुई स्टल रहेको महोत्सवमा बिहीबार इन्दिरा जोशीले स्टेज तताउने आयोजकले जनाएको छ। मंसिर १ गते रमेशराज भट्टराई आउँदै छन् भने २ गते शिव परियारको प्रस्तुति छ। यस्तै ३ गते स्थानीय ब्याण्डको कार्यक्रम छ। 

महोत्सवमा सहभागी भएका नवविवाहित जोडीलाई सौराहाका होटलमा ४० प्रतिशत छुटको हनिमुन प्याकेज समेत आयोजकले घोषणा गरेको छ। मंसिर ३ गतेसम्म चल्ने महोत्सवमा  एकलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.