|

तनहुँ : तनहुँमा चिरपट प्रहार गरी ज्वाइँको हत्या गरेको अभियोगमा प्रहरीले व्यास नगरपालिका १२ कर्लुङका ४५ वर्षीय शम्शेरबहादुर सार्कीलाई पक्राउ गरेको छ।

म्याग्दे गाउँपालिका १ मानुङ घर भई व्यास १२ कर्लुङस्थित ससुराली गाउँमा बस्दै आएका ४२ वर्षीय वीरबहादुर नेपालीलाई जेठान सार्कीले दाउराको चिरपटले टाउको र शरीरको संवेदनशील अङ्गहरुमा प्रहार गरेर घाइते बनाएका थिए। घाइते नेपालीलाई उपचारका लागि दमौली अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

दुबै जनाले अत्याधिक मदिरा सेवन गरेको अवस्थामा के कारणले झगडा भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न सार्कीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट  म्याद थप अनुमति लिइ प्रहरीले अनुसन्धान सुरु गरेको छ। पोष्टमार्टमपछि आफन्तले शवको अन्त्येष्टी समेत गरिसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.