|

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएपछि बुहारी विना मगर नर्भिक अस्पताल आइपुगेकी छन्। चुनाव प्रचार प्रसारका क्रममा कञ्चनपुरमा रहेकी उनी पतिको निधन भएको खबर पाएपछि आइतबार विहान त्यहाँबाट काठमाडौं फर्किएकी थिइन्।

उनी बिहान ११ बजे अस्पताल आइपुगेकी हुन्। अस्पतालमा आउँदा उनी भावविह्वल अवस्थामा थिइन्। विना कञ्चनपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार छिन्। प्रचण्डपुत्र प्रकाशको आइतबार विहान नर्भिक अस्पतालमा निधन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.