|

जनकपुरधामः धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। धनुषा जिल्लाको हंसपुर नगरपालिका– ५ सुगानिकास–नौवाखोर सडक खण्डबाट एक थान कटुवा पेस्तोलसहित हंसपुर नगरपालिका– ५ का ३२ वर्षका ललन महतो पक्राउ परेका हुन्।

सोमबार बिहान करिब ६ बजेको समयमा सुगानिकास–नौवाखोर सडक खण्डमा प्रहरीको विशेष टोलीले चेक प्वाइन्ट थापेर आवतजावत गर्ने व्यक्तिहरूको चेकजाँचको क्रममा महतोलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। 

पक्राउ परेका अभियुक्तलाई सोमबार नै जिल्ला अदालत धनुषाबाट हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएपछि केही दिनयता धमाधम रूपमा विभिन्न आपराधिक गतिविधि संलग्न तथा अवैध करोबारी गर्नेहरू पक्राउ पर्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.