कुन हो नेपालको पहिलो उद्योग?

|

काठमाडौं: उद्योग विभागले दोस्रो उद्योग दिवश विभिन्न कार्यक्रम गरी मनाएको छ। २०७१ चैत २० गते मन्त्रिपरिषद बैठकले मसिंर ९ लाई उद्योग दिवशको रुपमा मनाउने निर्णय गरेपछि २०७२ मा नाकाबन्दी र भूकम्पको प्रभावको कारण मनाउन सकेको थिएन भने २०७३बाट उद्योग दिवश मनाउन थालेको हो।

सरकारले सन् १९९३ मा उद्योग परिषद् स्थापन भएको दिनलाई आधार मानेर उद्योग दिवश मनाउने निर्णय गरेकोमा यस वर्ष 'औद्योगिक क्षेत्रमा लगानी समृद्धिको सुनौलो बिहानी' भन्ने नारा सहित कार्यक्रम गरिएको छ। उद्योग विभागका देशै भरका कार्यलयहरुमा विभिन्न किशिमका कार्यक्रमहरु आयोजना गरि दिवश मनाइएको विभागका निर्देशक दुर्गाप्रसाद भुसालले बताए।

'निर्वाचनको मुखमा परेको कारण हामीले अन्तरक्रिया तथा सम्मान कार्यक्रमहरु राख्न सकेनौ, बिहान सरसफाई गरेका छौ बेलुका कार्यलयमा दीपावली मनाउदै छौँ' भुसालले भने। साथै जिल्ला कार्यलयहरुमा पनि उद्योग दिवशको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको उनले बताए। सरसफाई कार्यक्रममा विभागका महानिर्देशक, निर्देशक तथा अन्य कर्मचारीहरु विहान ८ बजेनै कार्यलय पुगेका थिए।

सरकारले दिवश मनाउने घोषणा गरेसंगै हरेक वर्ष औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई विशिष्ट औद्योगिक व्यक्ति (आइआइपी) दिने घोषणा समेत गरेको थियो। तर यो वर्ष पनि  सम्मान कार्यक्रम गर्न सकेको छैन।

कति छन नेपालमा दर्ता भएका उद्योगरु नेपालमा दर्ता गरेर उद्योग चलाउने प्रचलन १९९३ बाट सुरु भएको पाइन्छ। सन् १९९३ मा विराटनगर जुट मिलबाट नेपालमा दर्ता गरेर उद्योग चलाउन सुरु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.