|

काठमाडौं : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका छुल्टिम तामाङ अवैध १७ किलो सुनसहित पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, बालाजुले आइतबार तामाङलाई १७ किलो अवैध सुनसहित शनिबार पक्राउ गरिएको जानकारी दिएको हो।

विशेष सूचनाको आधारमा तामाङलाई पक्राउ गरिएको परिसरका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। प्रहरीका अनुसार मोटरसाइकलको साइलेन्सर पाइपभित्र फलामको चारपाटे आकारको फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा बिस्कुट आकारको १७ थानमा रहेको उक्त परिमाणको सुन र २ थान मोवाइल बरामद बरामद गरिएको हो।

बरामद गरिएको सुनको हालको मूल्य ८ करोड ८ लाख ९४ हजार ५ रुपैयाँ रहेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.