|

गोरखा :  पेस्तोल लिएर हिँडेको अभियोगमा भीमसेन–४ का गुणराज खनाललाई प्रहरीले पक्राउ गरेको छ। सोमबार काठमाडौंदेखि पिछा गर्दै गोरखा पुगेर खनाललाई पक्राउ गरेको एसपी प्रकाश अधिकारीले जानकारी दिए।

एक महिनाअघि कात्तिक २१ गते पेस्तोलसहित माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशीला सिंखडालाई बा ७३ प ३३८६ नम्बरप्लेट भएको मोटरसाइकलमा पछाडि राखेर चुनावी कार्यक्रममा जाँदै गर्दा उनलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो। त्यतिबेला पेस्तोल रहेको झोला फालेर भागेका खनाल हालसम्म फरार थिए।

उनीविरुद्ध प्रहरीले हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दर्ता गरी फरार सूचीमा राखेर खोजी गरिरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.