|

काठमाडौं : मंसिर २१ गते प्रतिनिधा सभा र प्रदेश सभा सदस्यको लागि निर्वाचन हुदैछ। मंसिर १० गते पहिलो चरण ३२ जिल्लामा सम्पन्न भएको निर्वाचन अहिले दोस्रो चरणमा ४५ जिल्लामा हुँदैछ। कलाकारहरु पनि यस निर्वाचनमा खुबै चासो दिइरहेका छन्। केही कलाकार पार्टीको झन्डा नै समातेर प्रचार प्रसारमा लागेका छन् त, केही मतदान मात्र गर्ने सोचमा छन्।

आफूले पाएको मताधिकार प्रयोग गर्नको लागि कलाकर्मीहरु पनि एकदमै उत्साहित छन्। केही कलाकार आफूलाई मतदान गर्ने मन हुँदाहुदै हुदै पनि कार्य व्यस्तताका कारण भोट हाल्न जान नपाएकोमा गुनासो गर्छन्। जान्नुहोस् कुन कलाकारले कहाँबाट मतदान गर्दैछन् ?

करिश्मा मानन्धर - नायिका

करिश्मा मानन्धर काठमाडौं क्षेत्र नं ५ महाराजगञ्जमा मतदान गर्दै छिन्। उनी 'नयाँ शक्ति पार्टी नेपालबाट समानुपातिक निर्वाचन पद्धतितर्फ उम्मेदवार पनि छिन्। 

कोमल वली - गायिका

कोमलले दाङ तुलसीपुर उपमहानगरपालीका ८, क्षेत्र नं ३ कृष्णमन्दिरबाट मतदान गर्दैछिन्।

दीपकराज गिरी -हास्यकलाकार

दीपकराज गिरी काठमाडौं क्षेत्र नं ९ का मतदाता हुन्। उनले बिहीबार हुने निर्वाचनमा मतदान गर्नेछन्। 

जितु नेपाल - हास्यकलाकार

जितु नेपालले काठमाडौं क्षेत्र नं २ का मतदाता हुन्। उनले पनि बिहीबार मतदान गर्दैछन्। 

किरण केसी - हास्यकलाकार

किरण केसी ललितपुर क्षेत्र नं १, इमाडोलबाट मतदान गर्दैछन्।

निखिल उप्रेती - नायक

निखिल उप्रेतीले सर्लाही क्षेत्र नं ४ बाट मतदान गर्नुपर्ने हो। तर कार्य व्यस्तताका कारण उनी भोट हाल्न जान नपाउने बताउँछन्। भन्छन् 'आफूले पाएको मताधिकार प्रयोग गर्न नपाएकोमा दु:खी छु।'

खगेन्द्र लामिछाने - कलाकार

खगेन्द्र लामिछानेले स्याङ्जा क्षेत्र नं १, दिव्यज्ञान स्कुलबाट मतदान गर्दैछन्। उनी मतदान गर्नको लागि स्याङ्जा पुगिसकेका छन्।

आर्यन सिग्देल - नायक

आर्यन सिग्देलले काठमाडौं क्षेत्र नं १० चन्द्रागिरीबाट मतदान गर्दैछन्।  

रमित ढुंगाना - नायक

रमित ढुंगानाले काठमाडौं क्षेत्र नं २ बाट मतदान गर्दैछन्।

ऋषि लामिछाने - निर्देशक

ऋषिले काठमाडौं क्षेत्र नं ४ चाबहिलबाट मतदान गर्दैछन्।

निश्चल बस्नेत - निर्देशक/कलाकार

निश्चल बस्नेत काठमाडौं क्षेत्र नं ५ बाट मतदान गर्दै छन्। उनलाई आफूले मतदान गर्ने बुथको नाम भने थाहा छैन।

माधव वाग्ले - निर्माता

माधव पर्सा क्षेत्र नं २ का मतदाता हुन्। तर उनी भोट हाल्न जाने मन्स्थितिमा नभएको बताउँछन्।

प्रदिप भट्टराई - निर्देशक

सर्लाही क्षेत्र नं ४ मा नामावली भएका प्रदीप यसवर्ष भोट हाल्न जाने छैनन्। कार्य व्यस्तताका कारण भोट हाल्न नजाने मनस्थिति बनाएको उनी बताउँछन्।

शिल्पा पोखरेल - नायिका

शिल्पा पोखरेलले पनि यसवर्ष भोट हाल्ने छैनन्। उनको मोरङमा मतदाता नामावलीमा नाम छ, तर उनी कामको सिलसिलामा पोखरामा भएकाले मतदानबाट वञ्चित भइन्। 

आशिस्मा नकर्मी - नायिका

आशिस्माले काठमाडौं क्षेत्र नं १ अनामनगरबाट मतदान गर्दैछिन्।

वसन्त निरौला - निर्देशक

वसन्त निरौलाको घर भोजपुर हो। उनको मतदाता नामावलीमा नाम पनि त्यहीँबाट छ। तर कार्य व्यस्तताका कारण उनी भोट हाल्न गएनन्। भोजपुरमा पहिलो चरणमा मंसिर १० गते नै मतदान भइसकेको छ।

गोपालकाजी कायस्थ - निर्माता/वितरक

गोपालले ललितपुर क्षेत्र नं २ बुम्बेश्वरबाट मतदान गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.