|
फोटो : www.drishtinews.com

काठमाडौं : गुण्डानाइके दीपक मनाङ्गेलाई अपहरण तथा शरीर बन्धक उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। मंगलबार अतिरिक्त न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले उनलाई मुद्दाको अन्तिम फैसला नहुँदासम्म मनाङ्गेलाई थुनामा राख्न आदेश दिएको हो।

मंगलबार उनीविरुद्धको अपहरण तथा शरीर बन्धकको मुद्दामा जिल्ला अदालतमा बहस भएको थियो। बहसका क्रममा अदालतमा उपस्थित गराइएका थिए।

गुण्डागर्दीको आरोपमा गएको असार १६ गते पक्राउ परेका मनाङ्गेलाई प्रहरीले संगठित अपराध र अपहरण तथा शरीर बन्धक उद्योगको मुद्दामा अनुसन्धान गरेपनि जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई शरीर बन्धकको मुद्दा मात्र चलाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.