|
सांकेतिक फोटो

बिर्तामोड : झापा शनिअर्जुन–३ का कुमार दनुवारको गाडीको कागजात भदौ १४ गते हरायो। दनुवार कागजपत्र खोजतलासमा लागे। अचानक कसैले उनलाई १० हजार दिएमा कागजपत्र फिर्ता दिने बताएपछि यो कुरा प्रहरीसमक्ष पुग्यो।

१० हजार दिएमा कागजपत्र फिर्ता दिन्छु भनेको आरोपमा बिर्तामोड १ का कुशल धमला र सञ्जय हलुवाईलाई प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले धमलालाई कारवाही अघि बढायो भने हलुवाईलाई भने केही दिनमा रिहा गर्‍यो। तर, हलुवाई छुट्नुभन्दा अगाडि नै उनलाई छुटाइदिने भन्दै कसैले ३० हजार रुपैयाँ लिएको सूचना प्रहरी समक्ष आयो। ‘हलुवाईलाई हामी छुटाइदिन्छौं, ३० हजार चाहिन्छ नत्र मुद्दा लगाइदिन्छौं भनेर पीडित पक्षबाट रकम लिएको पाइयो’ इप्रका बिर्तामोडका डीएसपी खड्कबहादुर खत्रीले भने।

३० हजार रुपैयाँ लिने बिर्तामोड–८ का २५ वर्षीय बुद्ध लामा, शनिअर्जुन–३ का २६ वर्षीय करण दनुवार र सोही स्थानका ३७ वर्षीय कुमार दनुवारलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सोही कार्यमा संलग्न गोलधाप घर भइ बिर्तामोड बसोबास गर्दै आएका भीम तुम्वापो लिम्बूको खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.