|

सिन्धुपाल्चोक : मिर्गौला रोगको उपचार गराइरहेका इन्द्रावती गाउँपालिका– २ कुडारेटोलका १२ वर्षीय सुवास गिरीलाई मकाउमा रहेका एक नेपालीले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। इन्द्रावती गाउँपालिका– २ घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा मकाउको मिल्को रिसोर्ट अन्गर्तको क्यासिनो सिटी अफ ड्रिममा कार्यरत श्याम शुभम गिरीले बालकको उपचारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका हुन्।

काठमाडौं जोरपाटीको बुद्धप्रकाश सेकेन्डरी स्कुलमा ५ कक्षामा अध्ययनरत मिर्गौला रोगी बालक गिरीको हाल सुमेरु अस्पतालमा उपचार भइरहेको बाबु मेखबहादुर गिरीले बताए। सुवासको दुवै मिर्गौलामा समस्या देखिएको उनको परिवारले जनाएका छन्।

हालसम्म मिर्गौला पीडितको उपचारमा ६ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको बाबु मेखबहादुरले बताए। उनको उपचारको लागि विपन्न नागरिकलाई औषधी उपचार सिफारिस जिल्ला समिति सिन्धुपाल्चोकले समेत निःशुल्क उपचारको लागि सिफारिस गरेको छ। उनको स्वस्थ्य स्थिति सुधारोन्मुख भएको भए पनि उपचारको लागि थप रकम आवश्यक पर्ने भएकोले सहयोगको अपिल गरिएको पीडितका बाबु मेखबहादुरको भनाइ छ।

बालकको परिवारको आर्थिक अवस्था कमजोर भएकाले देश विदेशमा रहेका नेपाली सहयोगी मनहरुलाई सहयोगको अपिल गरिएको हो। बालकको उपचारका लागि सहयोग गर्न चाहनेले बाबु मेखबहादुर गिरीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता न. १४२००६०५३६१० मा रकम जम्मा गर्न सक्नेछन्।

बाबु मेखबहादुरको सम्पर्क नम्बर ९८५१२२५९७६०

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.