|

मेगराज खड्का
रुकुम : रुकुम पश्चिमको चौरजहारीदेखि रुकुम पूर्वको काक्रीसम्म रहेको मध्यपहाडी लोकमार्ग आसपासमा मनोरम दृश्यहरू रहेका छन्। 

दुई रुकुममा गरी १४३  किलोमिटर लम्बाइ रहेको यस सडक खण्डले समथर फाँटदेखि पहाडी दुर्गम भेगहरू पनि छोएको छ। रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि रुकुम पूर्वको सदरमुकाम रुकुमकोटसम्म जोड्ने मध्यपहाडी लोकमार्ग ४० किलोमिटर छ।

मुसिकोटदेखि रुकुमकोट नपुगेसम्म पूरै मध्यपहाडी लोकमार्गमै हिँड्नुपर्छ। केही वर्षअघिदेखि ट्र्याक खोलिएको र स्तरोन्नतिको क्रममा रहेको यस सडकमा दैनिकजसो अहिले पनि सानाठूला यातायातका साधनहरू संचालनमा छन्। सडक तलमाथि जंगल र केही ठाउँमा रमाइलो वस्ती पनि देख्न सकिन्छ। 

यसले गर्दा यो सडकमा यात्रा गर्ने यात्रुहरूको मनसमेत रोमाञ्चक हुने गर्छ। सडक तलमाथि देखिने जंगल, डाँडाकाँडा, तालतलैयाले सबैको मन लोभ्याउँछन्। 

फोटोमा हेर्नुहोस् मध्यपहाडी लोकमार्गको मुसिकोटदेखि रुकुमकोटसम्मको सडकखण्डमा देखिने मनोरम दृश्यहरू। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.