|

रौतहट :  बढ्दो शीतलहरको कारण रौतहटमा जाडोले कठ्याङ्ग्रिएर ३ जनाको मृत्यु भएको छ। रौतहटको गढीमाइ नगरपालिका ४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका ७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाइ नगरपालिका १ स्थित चिम्नी भट्टामा काम गर्न आएका सर्लाहीका नेक महम्मद अलीको मृत्यु भएको छ ।

गढीमाइ नगरपालिका १ स्थित चिम्नी भट्टामा काम गर्न आएका सर्लाहीका नेक महम्मद अलीको मृत्यु भएको जानकारी आएको  रौतहटका डिएसपी तथा प्रहरी प्रवक्ता रामकुमार दानीले जानकारी दिए। मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदुर हुन्।  विगत एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि मध्य तथा पूर्वी तराई मधेशको जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ।

चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको छ। चिसोका कारणले बिहान बेलुका बजारको चहल पहलमा व्यापक कमी आएको छ। चिसो हावासँगै जाढो बढेपछि वृद्ध, अशक्त, अपाङ्ग, बालबालिकाहरु, दमका रोगीहरु पीडित भइरहेका छन्। जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालय रौतहटले अहिलेसम्म ९ स्थानीय तहमा दाउरा वितरण गरेको जानकारी दिएको छ।

शीतलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सर्वसुलभ दररेटमा दाउरा उपलब्द गराएको जिल्ला वन कार्यालय रौहतटका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए। प्रहरी प्रशासनको सिफारिसमा जंगलबाट पनि झिना मसिना दाउराहरु वितरण गर्दै आएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.