|

कावासोती : पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्नेमा सोमबार ब्रेक फेल भएको ट्रकले अन्य गाडीहरुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, ७ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा विनयी त्रिवेणी २ कि ५० वर्षीय भगवती कार्कीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ६६९० नम्बरको ट्रक ब्रेक फेल हुँदा सोही दिशाबाट आइरहेको लु ३ त ४५०० नम्बरको ट्रयाक्टर , लु ३ त ५६९५ नम्बरको ट्रयाक्टर र लु १ च ५३२२ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको थियो। त्यस्तै विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ५४२९ र ना ३ ख ५९३६ नम्बरको तेल बोक्ने ट्रयाङ्करसँग पनि ठोक्किएर दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते हुनेहरु ट्याक्टरमा सवार विनयी त्रिवेणी गाउँपालिका २ का स्थानीय वासिन्दा रहेका प्रहरीले जनाएको छ। उनीहरु जंगलबाट घाँस दाउरा लिएर  ट्याक्टरमा घर फर्कदै थिए। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। दुर्घटनामा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.