|

काठमाडौं : सरकारी कागजात कीर्ते गरेको अभियोग लागेका प्रतिनिधिसभा सदस्य एवं पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल फेला नपरेको भन्दै ललितपुर प्रहरीले काठमाडौं प्रहरीलाई पत्र पठाएको छ। 

ललितपुर प्रहरीले पूर्व डीआईजी तथा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ललितपुर- १ बाट निर्वाचित सिलवाललाई फेला पार्न नसकेको भन्दै काठमाडौं प्रहरीलाई  जवाफी पत्र पठाएको हो। 

ललितपुर प्रहरी स्रोतले उनी रहनसक्ने सम्भावित ठाउँमा खोजी गर्दा पनि फेला पार्न नसकिएको भन्दै जवाफी पत्र पठाएको बतायो। 

गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई ‘नवराज सिलवालसँग केही कुरा बुझ्नुपर्ने’ उल्लेख गर्दै सिलवाललाई अविलम्ब उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र काटेका थियो।

जवाफी पत्रमा ललितपुर जिल्ला गोदावरी नगरपालिका- ४ मा रहेको सिलवालको घर तथा सम्भावित स्थानमा खोज्दा उनलाई पक्राउ गर्न नसकिएको व्यहोरा उल्लेख रहेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार सिलवाल उपर प्रहरीले कीर्ते कागजातसम्बन्धी अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.