|

डडेल्धुरा : भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा आइतबार विहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

नदिबाट बालुवा लिएर आउँदै गरेको से १ प ९५५० नम्बरको ट्याक्टर अनियन्त्रित भइ परशुराम नगरपालिका ५ मा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी नायव निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।

उक्त दुर्घटनामा परशुराम नगरपालिका ५ बस्ने २२ वर्षीय चालक दीपक भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

घाइते हुनेमा सोही ठाउँका नवराज भट्टराई र लक्ष्मण भट्टराई रहेका छन्। घाइते नवराज भट्टराईलाई जोगबुडा अस्पतालले उपचारका लागि कैलालीको धनगढी पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.