|

काठमाडौं :  नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ को सातौ संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले  फागुन २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न थालिएको मेलामा मंगलबारबाट स्टल बुकिङ खुला गरिएको छ। 
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू र नेपाल एकीकृत व्यापार रणनीति (एनटीआइएस)मा परेका सामानहरु रहने छन्।  हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन लगायतका छुट्टाछुट्टै स्टलहरू रहने आयोजकले जनाएको छ। 

३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गर्ने तयारी महासंघको छ। मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेसिया लगायतका देशहरूको पनि सहभागिता रहनेछ।
यो वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव २ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ।   मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल गरिने कार्यक्रम समेत छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.