|

दाङ : घोराही उपमहानगरपालिका–१६ ले वडाका खरले छाएका घरमा जस्तापाता लगाउने प्रक्रिया सुरु गरेको छ। वडाका ४८ घरमा खरको छानो भएको र ती घरमा जस्तापाता लगाउने प्रक्रिया सुरु गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढाले बताए।

आर्थिक अवस्था कमजोर भएका नागरिकका घरमा जस्तापाताको व्यवस्था गरिएको वडा अध्यक्ष बुढाले बताए। उनीहरूको घरमा इन्जिनियरमार्फत प्राविधिक नापजाँच सकिएको र छिट्टै जस्तापाताको व्यवस्था गरिने वडा कार्यालयले जनाएको छ। साथै, अहिले वडा सचिव र प्राविधिकमार्फत घरहरूको विवरण संकलन गर्ने कार्यसँगै घरको आकारबारे अध्ययन भैरहेको छ।

जस्तापाता लगाउन करिव १४ लाख रुपैयाँ आवश्यक पर्ने वडा कार्यालयले जनाएको छ। कार्यालयले जस्तापाता व्यवस्था गर्ने र अन्य आवश्यक सामग्री घरधनीले गर्नुपर्ने प्रावधान रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.