|

काठमाडौं : राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ।

बुधबार ६ प्रदेशका ३२ राष्ट्रियसभा सदस्यका सिटका लागि मतदान भएको थियो। जसमा एमालेका १८ उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रका ९ उम्मेदवार विजयी हुँदा नेपाली कांग्रेसका ५ उम्मेदवार विजयी भए।

प्रदेश २ का सबै सदस्य निर्विरोध निर्वाचित भइसकेका हुनाले मतदान भएन।

संघीय संसदको माथिल्लो सदन भनिने राष्ट्रियसभामा २४ उम्मेदवार बुधबारको मतदान अघि नै निर्विरोध निर्वाचित भइसेका थिए भने बाँकी ३२ सदस्यका लागि मतदान भएको हो। ५९ सदस्य रहने राष्ट्रियसभामा ५६ जना निर्वाचनको प्रक्रियाबाट र बाँकी ३ जनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेका ९ जना, कांग्रेसका ८ जना, माओवादी केन्द्रका ३ जना, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट २/२ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

बुधबार निर्वाचन भएका र यसअघि नै निर्विरोध निर्वाचित भएकाको परिणाम हेर्दा राष्ट्रियसभाका निर्वाचन प्रणालीबाट आउने ५६ सिटमध्ये नेकपा एमालेले २७, नेपाली कांग्रेसले १३, माओवादी केन्द्रले १२ र राजपा र संघीय समाजवादी फोरमले समान २/२ सिट जितेका छन्।

यसअघि नै निर्विरोध निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरुलाई निर्वाचन आयोगले बुधबार निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ।

बुधबार प्रदेश १ को निर्वाचन आयोगको कार्यालय मोरङको विराटनगरमा २ राष्ट्रियसभा सदस्यका लागि निर्वचन भएको थियो। जसमा एक दलित र एक अपांग वा अल्पसंख्यकका लागि निर्वाचन भएको हो। दलित सदस्यमा नेकपा एमालेका उम्मेदवार खेम नेपाली विजयी भएका छन् भने अपांग वा अल्पसंख्यक कोटामा पनि एमालेकै अगमप्रसाद राई विजयी भए। यो प्रदेशका बाँकी ६ सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेश ३ का ८ ओटै राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको थियो। हेर्नुहोस्, प्रदेश ३ बाट राष्ट्रियसभाका लागि कुन पार्टीबाट को को विजयी भए:  

खुला

रामबहादुर थापा बादल माओवादी

बलराम बाँस्कोटा एमाले

राधेश्याम अधिकारी कांग्रेस

महिला

पार्वती रावल एमाले

उदया शर्मा एमाले

धना खतिवडा कांग्रेस

दलित

सिंहबहादुर विक एमाले

अपांग वा अल्पसंख्यक

रामचन्द्र राई दनुवार एमाले

प्रदेश ४ बाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ७ सिटका लागि बुधबार निर्वाचन भएको थियो। हेर्नुहोस् क-कसले विजय हासिल गरे?

खुला

दीनानाथ शर्मा माओवादी

गणेश तिमिल्सिना एमाले

सुरेन्द्रराज पाण्डे कांग्रेस

महिला

दीपा गुरुङ एमाले

शान्ति अधिकारी एमाले

वृन्दा रानामगर कांग्रेस

दलित

खिमकुमार विक माओवादी

प्रदेश ५ बाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ५ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको थियो। यो प्रदेशबाट ३ महिला सदस्य भने निर्विरोध निर्वाचित भइसेका छन्।

हेर्नुहोस्, बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएकाहरुको नामावली:

खुला

खिमलाल भट्टराई एमाले

दुर्गाप्रसाद उपाध्या कांग्रेस

चन्द्रबहादुर खड्का माओवादी

दलित

रामलखन चमार एमाले

अपांग तथा अल्पसंख्यक

राजकुमार कुँवर माओवादी 

बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ६ बाट निर्वाचित हुने नेताहरु यी हुन्:

खुला

भैरवसुन्दर श्रेष्ठ एमाले

ठगेन्द्रप्रकाश पुरी एमाले

कालीबहादुर मल्ल माओवादी

महिला

कविता बोगटी एमाले

नन्दा शर्माले एमाले

युटुल लामा माओवादी

दलित

नरपति लोहार एमाले

अपांग वा अल्पसंख्यक

जीवन बुढा माओवादी

प्रदेश ७ मा बुधबार २ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको हो। यो प्रदेशबाट बाँकी ६ जना भने निर्विरोध निर्वाचित भइसकेका छन्।

डोटीमा भएको निर्वाचनमा दलित कोटाबाट एमालेका उम्मेदवार चक्रप्रसाद स्नेही विजयी भएका छन्। त्यस्तै, माओवादी नेता महेशकुमार महरा अपांग वा अल्पसंख्यक कोटाबाट विजयी बनेका छन्।

पढ्नुहोस्  :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.