|

इलाम : इलाममा ‘किवी जोन’ सञ्चालन हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किवी जोन’ सञ्चालनको तयारी भएको हो।
व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

५सय हेक्टर क्षेत्रफलमा जोन फैलने छ। जोन स्थापना भएपछि कृषि पूर्वाधार र यान्त्रीकरणमा सहुलियत पुग्ने किवी फ्रुुट एशोसिएशनका केन्द्रीय सदस्य देवकुमार राईले बताए।
जोनले कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गर्नेछ।
किवी जोनअन्तर्गत किवीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शत प्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशर मग्रातीले बताए।

 इलाममा प्रति हेक्टर एक दशमलव ५३ मेटिक टन किवीको उत्पादकत्व रहेको छ। जिल्लाको साखेजुङ जमुना, सुलुबुङ, मावु, माईमझुवालगायतका क्षेत्रमा किवीको व्यावसायिक खेती हुने गरेको छ। नेपालको पूर्वी क्षत्रमा मात्रै पाँच लाख किलो किवी उत्पादन हुने  गरेको तथ्यांक रहेको छ। इलाममा एक सय ३५ मेट्रिक टनभन्दा बढी किवी उत्पादन हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.