|

काठमाडौं : एनआईसी एसिया बैंकले लुम्बिनी अञ्चलमा एकै पटक ९ वटा शाखा सञ्चालनमा ल्याएको छ। नवलपरासीमा ४, रूपन्देहीमा ३ र कपिलवस्तुमा२ स्थान गरी एकै पटक ९ स्थानमा यस बैंकले शाखा विस्तार गरेको हो। 

नवलपरासीको गैंडाकोट अमरापुरीस्थित अमरापुरी शाखा, प्रतापपुरको गोपीगंजस्थित गोपीगंज शाखा, बिनयीत्रिवेणीको दुम्कीबासस्थित दुम्कीबास शाखा र मध्यबिन्दुको अरुणखोलामा अरुणखोला शाखा सञ्चालनमा ल्याएको हो।

यस्तै, रूपन्देहीस्थित देवदहको शंकरपुरमा शंकरपुर शाखा, सैनामैनाको मुर्गियामा मुर्गिया शाखा र तिलोत्तको मणिग्राम ४ नम्बरमा मणिग्राम ४ नम्बर शाखा सञ्चालनमा ल्याएको हो। यस्तै, कपिलवस्तुको बाणगंगास्थित जितपुर स्थित ४ नम्बर जितपुर शाखा र बुद्धभूमिको इमिलियास्थित इमिलिया शाखा सञ्चालनमा ल्याएको छ। बैंकले नेपालभर १७० शाखा कार्यालय र १६८ एटिएम काउन्टरहरू तथा ४ एक्स्टेन्सन  काउन्टरहरुमार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.