|

सुरुङ्गा (झापा) ः झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे १ त ४०४९ नम्बरको ट्र्याक्टरले मे २ प १८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको मृत्यु भएको हो।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ। 

यता पूर्व–पश्चिम राजमार्गको झिलझिले सडकखण्डमा भएको सवारी दुर्घटनामा परी इलाम–३ निवासी २६ वर्षीय गंगा गुरुङको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा२ब ११६२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको यूपी ३२ जीयू ४६७५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.