|

सुनसरी : इटहरी उपमहानगरपालिका–२ स्थित एक घरबाट बाघको छालासहित दुईजनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका-२ बस्ने गणेशबहादुर गुरुङको घरको कोठाबाट बाघको छाला र नगद साढे ३ लाखसहित दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा इटहरी २ बस्ने ३५ वर्षीय श्यामबहादुर गुरुङ र इटहरी-६ बस्ने ३३ वर्षीय बिनोद देवान छन्।

घरमा खानतलासी गर्नेक्रममा चोरी पैठारी गरी खरिद बिक्री वितरणको लागी लुकाइराखेको अवस्थामा छाला र नगद फेला पारी बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.