|

हेटौँडा : विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ ले दशौँ वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ। २०६४ फागुन ७ गतेदेखि नियमित प्रसारण थालेको यस रेडियोले वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी साप्ताहिक रूपमा मनाउने भएको अध्यक्ष अस्मिता सुमार्गीले बताइन्।

अध्यक्ष सुमार्गीका अनुसार वार्षिकोत्सव कार्यक्रमअन्तर्गत फागुन २ गते बुधबार रजैयास्थित अग्निहोत्र आश्रमलाई पुस्तक वितरण गर्ने, ३ गते थाहा दर्शनको बारेमा अन्तर्क्रिया, ४ गते रक्तदान कार्यक्रम, ५ गते साइकल र्‍याली, ६ गते वक्तृत्वकला प्रतियोगिता र अन्तिम दिन फागुन ७ गते कवि गोष्ठी गरी रेडियोको वार्षिकोत्सव समापन गरिने भएको छ।

रेडियोको कार्यालय हेटौँडा– ४ अजरअमर रोडमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष अस्मिता सुमार्गी, रेडियोका संरक्षक, सञ्चालक तथा सल्लाहकारहरू अजेयराज सुमार्गी, अरुणराज सुमार्गी, अंकिता सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य सुनिल अधिकारी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, स्टेसन म्यानेजर मणिराज गौतमलगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.