अध्यक्षमण्डलमा अरु नेतालाई पनि समेट्ने : रावल

|

ललितपुर : नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका लागि गठन गरेको संयोजन समितिको बैठक ललितपुरको मानभवन स्थित एक घरमा बसिरहेको छ।

बैठकमा एकतापछि पार्टीलाई नेतृत्व दिन अध्यक्ष मण्डल गठन गर्नेबारे छलफल भइरहेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिएका छन्। रावलका अनुसार अध्यक्ष मण्डलमा अन्य नेताहरुलाई पनि समेट्ने र अध्यक्षता शीर्ष नेताले गर्ने भन्नेबारे छलफल भइरहेको छ।

बैठकमा संगठनात्मक र वैचारिक एवं सैद्धान्तिक विषयमा पनि छलफल गरिने रावलले बताए।

संयोजन समितिको बैठक बस्नुअघि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। त्यस्तै माओवादी केन्द्रको पनि केन्द्रीय कार्यालय सदस्यहरुको बैठक बसेको थियो। 

यो पनि पढ्नुहोस्: 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.