|

यौन शोषणको विरुद्ध सुरु भएको अभियान  #MeToo ले पुरै दुनियाँको ध्यानाकर्षण गराएको छ। अब यस्तै अर्को अभियान सुरु भएको छ। यस अभियानअन्तर्गत हज तथा अन्य धार्मिक अनुष्ठानमा गएका महिलाहरुले आफूमाथि हुने गरेका हिंसाका विषयमा बताउनेछन्।

सामाजिक सञ्जालमा यो अभियान #MosqueMeToo नामबाट सुरु गरिएको छ। यस अभियानअन्तर्गत महिलाहरुले सामाजिक सञ्जालमार्फत आफूसँग जोडिएको यौनहिंसाको अनुभव शेयर गर्दैछन्। लेखिका तथा पत्रकार माना ट्हावीले यसको सुरुवात गरेकी हुन्।

एनले वर्ष सन् २०१३ मा हजका दौरान उनीमाथि भएको यौन शोषणको घटनालाई #MosqueMeToo ह्यासट्याग राखेर ट्वीटरमा शेयर गरिन्।

त्यसको केही समयपछि उनले ट्वीटरमा लेखिन्, ‘एक मुस्लिम महिलाले मेरो घटना पढेपछि उनकी आमामाथि भएको यौन शोषणको अनुभव मलाई सुनाइन्। उनले केही कविता पनि पठाइन्। उनलाई जवाफ फर्काउने क्रममा मैले आफैंलाई रुनबाट रोक्न सकिँन।’

केही समयमै संसारभरका महिला तथा पूरुषहरुले यस ह्यासट्यागको प्रयोग गर्न थाले। २४ घण्टाभित्र २ हजार पटक यो ह्यासट्याग ट्वीट भयो। फारसी ट्वीटरमा यो ह्यासट्याग टप १० ट्रेन्डमा छ।

ट्वीटरमा आफ्नो अनुभव शेयर गर्ने महिलाहरुले बताएका छन् कि उनीहरुलाई भीडका दौरान गलत तरिकाले छुने तथा पक्डिकने कोसिस गर्ने गरिएको छ।

एक प्रयोगकर्ता एंग्गी लेगोरियाले ट्वीट गरेकी छिन् ,‘मैले #MosqueMeToo का विषयमा पढे। जसले मलाई सन् २०१० को हजका दौरान भएको भयानक घटना याद दिलायो। मानिसहरु सोच्छन् कि मक्का मुस्लिमहरुका लागि एक पवित्र स्थान हो। त्यसैले त्यहाँ कुनै गलत हुँदैन। तर, यो पूरै गलत छ।’

एक आँकडाअनुसार संसारका झन्डै २० लाख मुसलमान हरेक वर्ष हजका लागि जान्छन्। यस दौरान पवित्र मानिएको मक्का शहरमा मानिसहरुको ठूलो भीड जम्मा हुने गरेको छ। #MosqueMeToo का समर्थकहरु यस्तो पवित्र स्थानमा पनि महिलाहरु पुरै ढाकिएर बस्नुपर्ने बाध्यता रहेको बताउँछन्। त्यति हुँदा हुँदै पनि उनीहरुमाथि दुर्व्यवहार हुनसक्छ।

ईरानी तथा फारसीभाषी ट्वीटर प्रयोगकर्ताहरुले आफ्नो अनुभव सुनाउने मात्रै नभएर हिजाब मान्यतालाई नै चुनौती दिनेगरी पोस्ट गरेका छन्। हिजाबले महिलालाई यौन शोषणबाट बचाउँछ भन्ने मान्यतालाई उनीहरुले चुनौती दिएका छन्।

'हिजाब कुनै रोक होइन'

ईरानमा हिजाब लगाउनु अनिवार्य छ। यहाँ थुप्रै स्थानमा हिजाब नलगाएका महिला निच हुन्छन् भन्ने देखाउन विभिन्न पोस्टरहरु टांगिएका छन्। ईरानका सबै कार्यालय र सार्वजनिक भवनहरुका पर्खालमा एउटै नारा लेखिएको हुन्छ। ‘हिजाब कुनै रोक होइन। बरु आफ्नै सुरक्षा हो।’

यसै साता ईरानमा हिजाबको विरुद्ध भएको विरोध प्रदर्शनमा सहभागी २९ जनालाई सरकारले गिरफ्तार गरेको थियो। राजधानी तेहरानमा एक युवतीले आफ्नो हिजाब उतारेपछि हिजाबको विरुद्ध अभियान सुरु भएको थियो। त्यसपछि #MosqueMeToo का समर्थकहरुले पनि हिजाबको विरोध गरिरहेका छन्। यद्यपी, सबै महिला हिजाबको विरोध र #MosqueMeToo  को समर्थनमा छन् भन्ने होइन। थुप्रै महिलाले लेखिका माना ट्हावीको आलोचना पनि गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.