|

काठमाडौैं : काठमाडौंको तीनकुनेस्थित वागमती पुल नजिकै शंकास्पद वस्तु खाली झोलाभित्र कागजका पोका मात्र राखेको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका प्रहरी नायव उपरीक्षक रवि पौडेलले बताए।

तीनकुनेको पुल नजिकै रूखमुनि झोलामा 'खतरा' भनेर राखिएको वस्तु बम हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बम निस्क्रिय पार्न बोलाएको थियो। सेनाले बमको आश‌ंका गरिएको वस्तु निस्क्रिय पार्न खोज्दा खाली झोला मात्र भएको र सेनाले निस्क्रिय पार्दा सेनाको डेटोनेटर मात्र पड्केको पौडेलले बताए ।

उक्त झोला नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राखेको हुन सक्ने पैडेलले बताए। नेकपाले आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको भन्दै मंगलबार नेपाल बन्दको घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.