|

निर्णायक खेलमा भारत दक्षिण अफ्रिकालाई पराजित गर्दै तीन खेलको टि-२० सिरिज २-१ ले  जित्न सफल भएको छ। अन्तिम टि-२० मा दक्षिण अफ्रिकामाथि भातरले सात रनको रोमान्चक जित निकाल्न सफल भयो।

केपटाउनमा खेलेको अन्तिम टि-२० म्याचमा भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले पुरै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका कप्तान जेपी डुमिनीले ४१ बलमा दुई चौका र तीन छक्कासहित ५५ रन बनाए भने जनकरले ४९ तथा डेभिड मिलरले २४ रनको योगदान दिए पनि हार भने टार्न सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। उसका लागि शिखर धवनले ४० बलमा ४७ रनको पारी खेले भने सुरेश रैनाले २७ बलमा पाँच चौका र एक छक्कासहित ४३ रन बनाए। अन्तिम खेलमा नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको थियो। उनको स्थानमा आएका कप्तान रोहित शर्मा शनिबार ११ रन मात्र बनाएर एलबिडब्लुको धरापमा परे। हार्दिक पाण्ड्याले २१, दिनेश कार्तिकले १३ रन बनाए।

दक्षिण अफ्रिकाका जूनियर डालाले  तीन विकेट लिएका थिए। यस्तै, क्रिस मोरिसले ४३ रन खर्चिएर दुई विकेट लिए। योसँगै भारतले दक्षिण अफ्रिकी यात्राको अन्त गरेको छ। झन्डै दुई महिना लामो दक्षिण अफ्रिका भ्रमणमा भारतले अफ्रिकी मैदानमा टि-२० सिरिज २-१ ले जित्यो भने छ खेलको वानडे सिरिज़ ४-२ ले आफ्नो पक्षमा पारेको थियो। तर टेस्ट सिरीज २-१ले गुमाउन पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.