|

भद्रपुर (झापा) : झापा प्रहरीले जबर्जस्ती करणी र वैदेशिक रोजगारसम्बन्धी मुद्दा लागेका ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका- २ का ३२ वर्षका क्षितिज राई, सोही ठाउँका ३१ वर्षका तुलसी श्रेष्ठ भन्ने मिलन र हल्दिवारी गाउँपालिका- ३ का ३३ वर्षका जगदीप न्यौपाने रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

प्रहरीले तीनै जनालाई झापा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर चलान गरिसकेको नायव उपरीक्षक बस्नेतले बताए। प्रहरीका अनुसार पक्राउ परेका राई र श्रेष्ठलाई अदालतले जबर्जस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिसकेको छ भने न्यौपानेलाई वैदेशिक रोजगार कसुर मुद्दामा १ लाख ७५ हजार रुपैयाँ जरिवाना (जरिवानावापत हुने थप ४ वर्ष कैद सजाय) र १ वर्ष १ महिना २ दिन सजाय तोकिसकेको छ। 

अदालतले मुद्दाको फैसला गरी सजाय तोके पनि राई र श्रेष्ठ गत २०६४ फागुन १३ गतेदेखि र न्यौपाने २०६९ मंसिर २५ गतेदेखि फरार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.