|

काठमाडौं : नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्व भौतिक योजना तथा यातायात राज्यमन्त्री देवी खड्का बिरामी परेकी छन्। माओवादी केन्द्रकी दोलखा इञ्चार्ज खड्कालाई टाउको दुखेर एक्कासि बिरामी परेपछि अस्पताल भर्ना गरिएको हो।

उनी कोटेश्वरस्थित आफ्नै डेरामा आइतबार साँझ ५ बजे बेहोस भएको उनका भाइ सविन खड्काले जानकारी दिए। अहिले उनी नर्भिक अस्पतालमा उपचारत रहेको खड्काले बताए। उनको टाउकोमा रगतको टाटा देखिएको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै भाइ सविनले थाहाखबरलाई जानकारी दिए।

उनको अहिले सामान्य अवस्थामा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.