|

बर्दिया : मधुवन नगरपालिकाको कार्यालयमा बम विस्फोट गरिएको छ।

मोटरसाइकमा आएका एक व्यक्तिले आइतबार साँझ नगरपालिका कार्यालय परिसरमा झोला फालेको र केही समयपछि विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्।

विस्फोटबाट नगरपालिकाका उपप्रमुखको कार्यकक्षको झ्याल र भित्तामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले नगरपालिका कार्यालय परिसरमा बमसहितको झोला फ्याँकेको केहीबेरमा विस्फोट भएको थियो।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.