|
फाइल फोटो

काठमाडौं : द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्ति सैन्यले बितेका महिनामा शान्ति सुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन्। 

येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रूपमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको अनुभूति उक्त नगरका बासिन्दाले प्रकट गरेको राष्ट्र संघीय सूचना केन्द्रले जनाएको छ। 

गत डिसेम्बरदेखि येइ क्षेत्रमा राष्ट्रसंघीय शान्ति सेनाले शिविर स्थापना गरी कार्यक्षेत्रमा नियमित गस्तीलगायत सुरक्षा सतर्कताका उपाय प्रभावकारी तुल्याउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.