|

रुकुम : परम्परागत रूपमा गाउँघरमा विभिन्न खेलहरू खेलिन्छ। यस्ता खेलहरू प्रायः चाडपर्व र मेलाहरूमा बढी खेलिन्छ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भने रस्साकस्सी (डोरी तान्ने खेल) खेल खेलिन्छ। त्यो पनि महिला–महिलाबीच। 

होलीको अवसरमा बाँफिकोटमा आयोजना गरिएको शहीद विवेक चमत्कार स्मृति मेलामा पनि यही खेल आर्षकणको केन्द्र भयो। मेला भर्न आएकाहरूको यही महिलाको रस्साकस्सी खेलमा आँखा थियो। 

स्यार्पुदह किनारमा महिला रस्साकस्सी खेल आयोजना गरिएको थियो। रस्साकस्सी खेलमा एउटा लामो डोरी हुन्छ भने त्यही डोरीलाई दुई समूह बनाएर आआफ्नो कोर्टतिर तान्ने गरिन्छ। यसमा जुन समूहले डोरी तानेर आफ्नो कोर्टमा ल्यायो, त्यही समूह विजयी हुन्छ। यसमा तीनदेखि छ जनासम्मको समूह हुने गरेको छ। 

उक्त मेलामा कमला केसी बोहरा नेतृत्वको स्थानीय महिला समूह विजयी भएको थियो। यस महिला समूहले दुवै पटक स्थानीय गीता पुरी नेतृत्वको आमा समूहलाई डोरी तानेर पराजित गरेको हो। विजयीलाई गाउँपालिकाको तर्फबाट एक हजार २०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। 

हेर्नुहोस् फोटो :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.