|

रौतहट :  रौतहटको राजपुर नगरपालिका–२ राजपुरमा बुधबार राति अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन्। 

गोली लागेर राजपुर नगरपालिका–३ बलुवाका ५० वर्षीय शेख सलिम गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी नायव निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए। घाइते सलिमको  गौर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भारतको मोतिहारी लगिएको छ।

सलिमलाई कम्मरमा गोली लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। राजपुर नगरपालिकाको फतुहा पुल क्षेउमा अज्ञात समूहले चलाएको गोली सलिम घाइते भएका थिए। सलिम मासु ब्यापारी हुन्। शंका लागेका केहीलाई सोधपुछ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव निरीक्षक गुप्ताले जानकारी दिए।  साेही गाउँमा केही साताअगािड पनि एक भैंसी व्यापारीमाथि गोली प्रहार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.