|

भक्तपुर : पर्यटकीय स्थल नगरकोट पुग्ने वैकल्पिक सडक निर्माण हुने भएको छ। भक्तपुरको च्याम्हसिंह, ब्रम्हायणी हुँदै गोसपुल–विडोलफाँट–सुडाल–कलमसी–नगरकोट सडकको स्तरोन्नतिसँगै भक्तपुरबाट नगरकोट जाने अर्को सडक निर्माण हुन लागेको हो।

करिब ७.३२ किलोमिटर लामो उक्त सडक नालीसहित ६ दशमलव ५५ मिटर चौडा हुने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ। ५ मिटर कालोपत्रे गरिने उक्त सडकमा ४० एमएम मोटो कालोपत्रे गरिने छ। सडक निर्माणको जिम्मा  कोशी एण्ड न्यौपाने सर्व उद्धार जेभीले पाएको छ।

सडक स्त्तरोन्नतिका लागि भ्याटसहित नौ करोड १४ लाख २१ हजार ६ सय ४३ रुपैयाँ  अनुमान गरिएको छ। गत फागुन २१ गते निर्माणको सम्झौता भएको सो सडक निर्माणको काम २०७६ साल कार्तिक २० गते रहेको डोलिडारका महानिर्देशक जीवन श्रेष्ठले बताए।

सडक निर्माण भएसँगै चाँगुनारायण नगरपालिकाको वडा नं. ८ सुडाल र ९ ताथलीका बासिन्दाका साथै बनेपा नगरपालिकाका १ नालाका स्थानीयलाई समेत लाभ हुनेछ।

सडकको उद्घाटन गर्दै शनिबार प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पाँच वर्षमा भक्तपुरले विकासमा फड्को मार्ने बताए। उनले भक्तपुरका कुनै पनि सडक धुलाम्य नहुने दाबी गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.