|

बारा : बाराको प्रसौनी गाउँपालिका- १ मा भाइ र ज्वाइँको कुटपिटबाट बिहीबार एक जनाको हत्या भएको छ। जग्गाको विषयलाई लिएर काकाका छोरा र छोरी ज्वाइँको कुटपिटबाट स्थानीय ५५ वर्षका गणपत राउत पटेलको मृत्यु भएको हो।

लामो समयदेखि उनीहरूबीच विवाद रहेको जग्गाको विषयमा बिहीबार बिहान झगडा भएको थियो। गणपतलाई काकापट्टिका छोरा प्रमोद पटेल र प्रमोदका बहिनी ज्वाइँ विनोद पटेलले कुटपिट गरेको बारा प्रहरीले जनाएको छ। 

कुटपिटबाट गम्भीर घाइते गणपतको उपचारको क्रममा मृत्यु भएको हो। गम्भीर घाइते गणपत वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।

कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले प्रमोद र विनोदलाई पक्राउ गरेको हो। कुटपिटमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रवक्ता साहले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.