|

चार गोल गरेसँगै मोहम्मद सलाहले युरोपियन लिगमा सर्वाधिक गोलकर्ताको नाम लेखाएका छन्। उनको उत्कृष्ट खेलमा लिभरपुलले घरेलु मैदानमा प्रभावशाली प्रदर्शन कायमै राखेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमामा वाटफोर्डविरुद्धको ५-० को जितसँगै लिभरपुल लिग अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

लिभरपुल लिगमा ३० खेलबाट ६३ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। एक खेल कम खेलेको टोटनह्यामका ६१ र चेल्सीको ५६ अंक छ। जर्गेन क्लबको टोली प्रिमियर लिगमा घरेलु मैदानमा यस सिजन पराजित भएको छैन। वाटफोर्डविरुद्धको जितमा पाँचैँ गोलमा सलाहको संग्लग्नता रह्यो। सलाहले ४ गोल गरे भने १ गोलका लागि पास उपलब्ध गराए।

वाटफोर्डको रक्षापंक्ति ध्वस्त पार्दै खेल सुरु भएलगत्तै सलाहले गोल गरेका थिए। एण्डी रोवट्सनका क्रस सदुपयोग गरी पहिलो हाफको अन्त्यतिर अर्को गोल थपे। दोस्रो हाफमा रोबर्टो फिर्मिन्होले गोल गर्दा पास उपलब्ध गराएका सलाहले खेलको अन्त्यतिर २ गोल गरे। ४ गोलसँगै सल्लाह युरोपका प्रतिष्ठित पाँच लिगमा जारी सिजन सर्वाधिक गोलकर्ताका रूपमा शीर्ष स्थानमा उक्लिए।

उनले हेरि केन, लियोनेल मेसीलाई पछि पार्दै ३६ गोल गरेका छन्। त्यस्तै केनले ३५ गोल गर्दा मेसीले ३४ गोल गरेका छन्। प्रभावशाली गोलसँगै उनको तुलना मेसीसँग हुन तालेको छ। उनलाई प्रिमियर लिगको मेसीका रूपमा लिन थालिएको हो। प्रशिक्षक क्लोप्सले उनी मेसीको बाटोमा रहेको भन्दै प्रसंशा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.