यी ३ दुर्घटनामा भएन मानवीय क्षति

|

काठमाडौं : नेपालमा पछिल्लो दुई वर्षमा मात्रै आठवटा विमान दुर्घटना भएका छन्। नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा सात जिल्लामा आठ हवाई दुर्घटना भएका पाइन्छ।

ती दुर्घटनामा ८७ जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै २०७४ फागुन २८ मा  युएस बंगला एयरलाइन्स दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको छ। त्यस्तै, २०७२ फागुन १२ मा म्याग्दीको सोलिघोप्टेमा तारा एयर दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो।

यीबाहेक थप अन्य स्थानमा भएका दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।

कहाँ, कहिले दुर्घटना कति क्षति?

२०७२ फागुन १२ मा म्याग्दीको सोलिघोप्टेमा तारा एयर दुर्घटना भएको थियो। तारा एयरको ९ ए-एएचएच, डिएचसी- ६/४०० दुर्घटना हुँदा २५ जनाको मृत्यु भयो।

तारा एयरको विमान दुई पटक दुर्घटना भएको छ भने हुम्लामा दुई पटक विमान दुर्घटना भएको छ

तारा एयर दुर्घटना भएको दुई दिनपछि कालीकोटको चिलखाइयामा एयर काष्ठमण्डपको हलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो। ९ ए-एजेपी, पी ७५०-एक्सएल एयर दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो।

२०७४ जेठ ३ मा सोलुखुम्बुको लुक्लामा अर्को एयर दुर्घटना भयो। गोमा एयरको ९ ए-एकेवाइ, एल ४१० दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो।

२०७४ फागुन १८ मा युएस बंगला विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो। नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिएस २११, एस२, एजियु, डिएचसी-८/क्यु४०० को युएस बंगला विमान दुर्घटना भएको थियो।

यी ३ दुर्घटनामा मानवीय क्षति भएन

पछिल्लो दुई वर्षमा भएका आठ दुर्घटनामध्ये तीन पटक भएको दुर्घटनामा भने मानवीय क्षति व्यहोर्नुपरेन। सम्बन्धित विमानमा भने क्षति पुग्यो।

हुम्लाको सिमिकोटमा भएका दुई र  रूपन्देहीको भैरहवा भएको एक दुर्घटनामा क्षति भएको थिएन।

२०७३ साउन २० मा हुम्लाको सिमिकोटमा ९ ए-एकेसी, सि २०८-बी नामको मकालु एयर दुर्घटना भएको थियो। २०७३ असोज ८ मा रूपन्देहीको भैरहवामा ९ ए-एआइबी, जिएस ४१ नम्बरको यति एयरलाइन्स दुर्घटना भएको थियो। त्यस्तै, हुम्लाको सिमिकोटमा ९ ए-एबिएम, डिएचसी ६/३०० नम्बरको तारा एयर दुर्घटना भएको थियो।

दुर्घटना भएका विमानमध्ये नेपालका सातवटा र विदेशी एउटा रहेको छ। त्यस्तै, तारा एयरको विमान दुई पटक दुर्घटना भएको छ भने दुई वर्षको अवधिमा हुम्लामा दुई पटक विमान दुर्घटना भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.