|

भद्रपुर (झापा) : भद्रपुरस्थित झापा कारागारको शौचालयमा एक बन्दी मृत अवस्थामा भेटिएका छन्। भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला घर भएका ३२ वर्षीय रविन्द्र साइबो मेचे कारागारभित्र रहेको शौचालयको भेन्टिलेटरमा मुडा बुन्ने डोरीले झुण्डिएरको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बुधवार साँझ मेचे झुण्डिएको अवस्थामा फेला परेको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए। मेचेले अात्महत्या गरेको प्रहरीले अाशंका गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनको शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको छ।

प्रहरी उपरीक्षक केसीका अनुसार लागु औषधमा आरोपमा पक्राउ परेका मेचेलाई झापा जिल्ला अदालतले ०७३ चैत ४ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.