|

दिल्ली डेयरडेभिल्सका सिइओ हेमन्त डुवाको भनाई मान्ने हो भने अब सन्दीप विश्व नम्बर एक खेलाडीका रुपमा स्थापित हुने मौका छ। दिल्लीले नेपालीको समर्थन अभुतपुर्व रुपमा प्राप्त गरेको छ। जसका कारण फ्यान फलोइङपनि अत्याधिक छ।

पछिल्लो पटक दिल्लीले त्यसमानै नयाँ उमंग सिर्जना गर्न आफ्ना अफिसियललाइनै काठमाडौं पठायो र सन्दीपलाई वितरण गर्‍याे, जर्सी नम्बर एक! सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै जर्सी सार्वजनिक गर्ने चर्चा गरिएपनि ओलीले बुद्धिमतापुर्ण रुपमा पछि हट्दै राखेप सदस्य सचिव केशव विष्टको उपस्थितिमा दिल्लीका सीईओ हेमन्त डुवाले विष्टमार्फत जर्सी हस्तान्तरण गर्दै सन्दीपको नयाँ इनिङमा औपचारीक स्वागत समेत गरे।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दीपलाई वेस प्राइज २० लाख भारुमा अनुबन्ध गर्दै हजारौं नेपाली समर्थकको मन जितेको थियो।
त्यसोत डुवाले सन्दीपलाई अप्रत्यासित रुपमा खरिद गरेको नभइ उनको अनुभव र खेल हेरर महत्वपुर्ण निर्णय लिएको स्पटष्ट पारेका थिए। उनले भने ‘हामीले सन्दीपलाई प्राइभेट गेमिङ सेन्टरमा लग्यौं, जहाँ बालकालिका आउँछन् र बलिङ मेसिनमा खेल्छन’ सीइओ डुवाले भने, ‘त्यहाँ सन्दीपले झण्डै आधा घन्टा बलिङ गरे ।’ अप्रत्यक्ष रुपमा उनले माइकल क्लार्कको संल्ग्नता स्वीकार गरेपनि सन्दीपलाई छनोट गर्नुका पछि उनको प्रदर्शननै भएको स्पष्ट पार्ने प्रयास गरेका थिए।

सन्दीप नेपालको २५ नम्बरको जर्सी लगाउँछन् । यो उनले आफ्नो भान्जीको जन्मदिन हो र उनलाई डेडिकेट गरेर २५  नम्बर रोजेका थिए । दिल्लीमा पनि उनले त्यही नम्बर चाहेका थिए । तर दक्षिण अफ्रिकन खेलाडी कागेश्वर रबाडाले उक्त जर्सि लिइसकेका कारण सन्दीपले नयाँ नम्बरको जर्सी छानेका हुन। उनले जर्सि रोजाई बारे भने ‘भान्जीको जन्म मितिको जर्सिल नपाएपछि भान्जीको जन्म महिना को जर्सि रोजेको हो । त्यसैले यो जर्सि पनि भान्जी प्रति डेडिकेट गर्न रोजेको हो।’


प्लेइङ ११ मा पर्न अभ्यास निर्णायक

दिल्लीले बोली लगाएपछि १७ वर्षे सन्दीप आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बन्दै ठुलो चर्चा कमाउन सफल भए। तर उनले दिल्लीमा प्लेइङ ११ मा पर्न भने सहज हुने छैन्। दिल्लीका सिइओ डुवालाईपनि सन्दीपको प्लेइङ ११ लाई लिएर चर्चा भएको थियो। यद्यपी उनले कुटनीतीक रुपमा प्रशिक्षक र कप्तानले निर्णय गर्ने स्पष्ट पारेका थिए।

सन्दीपले भने आफुले नियमित टिममा पर्न सक्दो प्रयास गर्ने बताए। दिल्लीका सीईओ डुवाले सन्दीपलाई लिएर नेपालीहरुमा कति उत्साह छ भन्ने जानकारी रहेको भन्दै टिममा पर्ने सम्भावना रहेको स्पष्ट पारेका थिए। २७ तारिखबाट दिल्लीको क्याम्प सुरु हुनेछ र सन्दीपले अभ्यास खेलहरु खेल्न पाउने छन्। जसको प्रदर्शनले उनको आइपिएल सम्भावना स्पष्ट पार्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.