|

सुनसरी : प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लक्षित गरी मोरङको पथरी शनिश्चरेमा बम प्रहार भएको छ। विराटनगरबाट झापा प्रस्थान गरेका मन्त्री घिमिरे चढेको गाडीनजिक आइतबार बिहान बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। बम प्रहारबाट मन्त्री घिमिरे सकुसल रहेको जनाइएको छ।

पूर्वपश्चिम राजमार्गस्थित पथरीको हरियाली सामुदायिक वननजिकको सडकमा मन्त्री घिमिरे पुगेपछि सुतली बम विस्फोट भएको थियो। तत्कालै बम प्रहार गरेर केही युवाहरु भागेको भनिए पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन।

विप्लव माओवादीले बन्दको आह्वान गरेको अवस्थामा उसैले बम विस्फोट गराएको हुनसक्ने प्रहरीको भनाइ छ। विप्लव माओवादीले बन्दको आह्वान गरेको अवस्थामा उसैले बम विस्फोट गराएको हुनसक्ने प्रहरीको भनाइ छ। बन्द आह्वान गरेको भनिए पनि सुनसरी र मोरङमा बन्दको कुनै प्रभाव परेको छैन। यातायात र पसलहरु भने सुचारु भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.