|

  • दीपक शर्मा-

सल्यान : मंगलबार दिउँसो आएको असिना–पानीले सल्यानमा फलफूल, तरकारी र अन्नबालीमा क्षति पुर्‍याएको छ। 

मंगलबार दिउँसो आएको असिना–पानीले भर्खर फुलेको सुन्तला, अमिलो, कागती, बारीमा पाक्न लागेको गहुँबाली र तरकारीमा क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ। 

जिल्लाका अधिकांश स्थानमा आएको असिना–पानीले किसानले लगाएको अन्नबाली तथा नगदेबाली र तरकारीमा क्षति गरेको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज घिमिरेले बताए। उनका अनुसार असिना–पानीले कपुरकोट क्षेत्रमा किसानले लगाएको तरकारी खेतीमा बढी क्षति गरेको छ। 

असिना–पानीले पुर्‍याएको क्षतिको विवरण संकलन गरी यथार्थ क्षतिको विवरण बुधबारसम्म आउने  घिमिरेले बताए।  

हिउँदभर खडेरीका कारण खेतीबाली फस्टाउन नसकिरहेको समयमा असिना–पानीले भएको बालीसमेत नष्ट गरेपछि किसान निराश बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.